site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका–२६, पवित्रनगरस्थित प्रविन गेस्टहाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा आइतबार साँझ प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–८ का ४२ वर्षीय सुरेन्द्र जबेगुसहितका व्यक्तिहरू छन् ।

Agni Group

नगद ६२ हजार ४०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

आइतबारै साँझ सोही गेस्टहाउसको पार्किङमा ओखर (जुवा) खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पाँचथरकै फाल्गुनन्द गाउँपालिका–४ की ४० वर्षीया एन्जिला लिम्बूसहितका व्यक्तिहरू छन् ।

Global Ime bank

नगद ४९ हजार ५५० रुपैयाँ र आठ गेडा ओखरसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–१३, कालीमाटीस्थित तरकारी बजारको सडकपेटीमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई कालीमाटीमा डेरा गरी बस्दै आएका ३५ वर्षीय आसमान परियारसहितका व्यक्तिहरू छन् ।

आइतबार राति नगद ३९ हजार रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu