site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युरो–२०२४ छनोटमा पोर्चुगलको शतप्रतिशत जित
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । युरो–२०२४ छनोटको समूह ‘जे’मा पोर्चुगलले शतप्रतिशत जित निकालेको छ । आइतबार राति आइसल्यान्डलाई २–० ले हराएसँगै युरो छनोटमा पोर्चुगल अपराजित बनेको हो ।

घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज र रिकाल्डो होर्टाले गोल गरे । खेलको ३७औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । यही गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पोर्चुगलले दोस्रो हाफमा एक गोल थप्यो । ६६औँ मिनेटमा होर्टाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए ।

Agni Group

समूह ‘जे’को अन्तिम खेलमा समेत विजयी भएको पोर्चुगलले ३० अंक जोडेको छ । पोर्चुगलले समूहमा खेलेका १० मध्ये सबैमा जित निकालेको हो ।

यो समूहबाट पोर्चुगलसँगै युरोपियन च्याम्पियनसिपमा स्थान बनाएको स्लोभाकियाले समान खेलबाट २२ अंक जोडेको छ । १० खेलबाट १० अंकको आइसल्यान्डले तालिकाको चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu