site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अस्पतालमा आक्रमणको चेतावनीपछि स्वास्थ्यकर्मी र सेवाग्राहीसहित सयौँ व्यक्ति भागाभाग
तस्बिर : एएफपी ।

गाजापट्टी । इजरायल र हमासबीचको युद्धका कारण इजरायलको सेनाले दुई हजारभन्दा बढी बिरामी, चिकित्सक र विस्थापित व्यक्ति रहेको अस्पताल खाली गर्न आदेश दिएपछि शनिबार सयौँ मानिस पैदलै भागेका गाजाको मुख्य अस्पतालका निर्देशकले बताएका छन् ।

अल–शिफा अस्पताल वरपर ठूलो विस्फोटनको आवाज सुनिएपछि विस्थापित व्यक्ति, चिकित्सक, नर्स र बिरामी तथा घाइतेहरू एम्बुलेन्सबिना नै समुद्री किनारतर्फ जाँदै गरेको देखिएको थियो ।

प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले भाग्दै गर्दा बाटोमा इजरायली ड्रोनको आवाज सुनिएको र नराम्ररी क्षतिग्रस्त पसलहरू तथा पल्टिएका सवारीसाधनहरूको छेउछाउमा कम्तीमा १५ शव देखेको पुष्टि गरे ।

हमास प्रभावित क्षेत्रमा रहेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले १२० जना घाइते र केही समय नपुग्दै जन्मेका शिशु अझै पनि शिफा अस्पतालमा रहेको जनाएको छ ।

हमासको अपरेसन सेन्टरको खोजी गरिरहेको इजरायलले अस्पतालभित्र सैन्य कारबाही गर्न दबाब दिइरहेको छ ।

हमासले अक्टोबर ७ मा करिब एक हजार ४०० जनाको ज्यान लिने गरी इजरायली क्षेत्रमा आक्रमण गरेको थियो । त्यसपछि इजरायलले हमासलाई ध्वस्त पार्ने भन्दै प्यालेस्टाइनी क्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको छ ।

मारिएका मध्ये अधिकांश दक्षिणी इजरायलका नागरिक थिए । केही पढ्न वा कामको सिलसिलामा विदेशबाट इजरायलमा बस्दै आएका विदेशी थिए । हमासले आक्रमणपछि कम्तीमा २४० मानिसलाई बन्धक बनाएको थियो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको हमास सरकारका अनुसार इजरायली सेनाको निरन्तर हवाई र स्थल कारबाहीले पाँच हजार बालबालिकासहित १२ हजार मानिसको मृत्यु भइसकेको छ ।

गाजा सहरमा शनिबार बिहान इजरायली सेनाले लाउड स्पिकरमार्फत अल–शिफा अस्पताल ‘अर्को एक घण्टाभित्र’ खाली गर्न आदेश दिएको घटनास्थलमा रहेका एएफपीका एक पत्रकारले बताए ।

उनीहरूले अस्पतालका निर्देशक मोहम्मद अबु सालमियालाई फोन गरेर बिरामी, घाइते, विस्थापित र स्वास्थ्यकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई समुद्री किनारतर्फ जान आग्रह गरेका थिए ।

इजरायली सेनाले शिफा अस्पतालका निर्देशकको अनुरोधलाई स्वीकार गर्दै अस्पतालमा रहेका र त्यहाँबाट बाहिर जान चाहने थप गाजावासीलाई उद्धार गर्न अनुमति दिएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायली सेना अल–शिफामा प्रवेश गर्नुअघि दुई हजार ३०० बिरामी, कर्मचारी र विस्थापित प्यालेस्टाइनी अल–शिफामा आश्रय लिइरहेका थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro