site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भदौयता लगातार ब्याजदर घट्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ ।

गत भदौयता वाणिज्य बैंकको ब्याजदर लगातार ओरालो लागेको छ । बैंकहरूले मासिक रूपमा जारी गर्ने ब्याजदरअनुसार वाणिज्य बैंकको भदौको औसत ब्याजदर १०.३२५ प्रतिशत थियो । 

त्यसयता मंसिरसम्म आइपुग्दा वाणिज्य बैंकको औसत ब्याजदर ९.६६ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएपछि ब्याजदर घट्दै आएको हो । 

विवरणअनुसार असोजमा वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिँदै आएको औसत ब्याजदर १०.२६ प्रतिशत र कात्तिकमा दिँदै आएको औसत ब्याज ९.९६ प्रतिशत थियो । मंसिरमा भने अझ घटेको छ ।

मंसिरमा मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज एनआईसी एसिया बैंकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपमा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ । 

सबैभन्दा बढी हिमालयन बैंैकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत ब्याज दिने भएको हो । उद्योग क्षेत्रमा प्रवाह हुने कर्जामा भने यो बैंकले ८.६०३ प्रतिशत ब्याज दिने भएको हो । 

त्यस्तै, रेमिट्यान्स खातामा यो बैंकले ११.६०३ प्रतिशत ब्याज दिने जानकारी दिएको हो । 

Banijya-Bank-1700119080.JPG

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro