site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चारदेशीय शृंखलाका लागि आज हङकङ जाँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम
Tiktok banner adTiktok banner ad

काठमाडौं । हङकङमा हुने चारदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज (आइतबार) त्यसतर्फ प्रस्थान गर्दै छ ।

कात्तिक २९ गतेदेखि सुरु हुने शृंखलाका निम्ति नेपाली टिम दिउँसो ३ः४५ मा हङकङ उड्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

शृंखला कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा आयोजना गरिएको छ ।

प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका निम्ति भिड्नेछन् । पुछारका दुई टोलीले भने तेस्रो स्थान पाउन प्रतिस्पर्धा गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ ।

नेपालले कात्तिक ३० गते आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालसामु नयाँ प्रतिद्वन्द्वी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro