site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योग परिसंघद्वारा संघीय पर्यटन ऐनका लागि मन्त्रीसमक्ष सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले संघीय पर्यटन ऐनका लागि सुझाव पेस गरेको छ ।

बिहीबार परिसंघका उपाध्यक्ष राजबहादुर शाह नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई सुझाव पेस गरेको हो ।

सुझाव पेस गर्दै उपाध्यक्ष शाहले परिसंघको पर्यटन समितिको संयोजनमा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूको समेत सुझाव लिइ तयार पारिएको बताए ।    

मन्त्री किरातीले संघीय पर्यटन ऐन तर्जुमा गर्नका लागि सरोकारवालाहरूलाई सुझाव दिन आग्रह गरेका थिए । सोही बमोजिम परिसंघको पर्यटन समितिको समन्वयमा होटेल संघ नेपाल (हान), नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा), टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को तर्फबाट सुझाव दिइएको हो ।

त्यस्तै नेपाल माउन्टेरिङ एसोसिएसन (एनएमए), स्कल इन्टरनेसनल नेपाल (एसकेएल), रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), नेपाल एसोसिएसन अफ टूर अपरेटस् (नाटो), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा), टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुरर्गान), नेपाल टुरिष्ट भेइकल एसोसिएसन, विश्व पर्यटन सञ्जाल नेपाल च्याप्टरलगायत यस क्षेत्रका विज्ञहरूबाट समेत सुझाव लिइएको थियो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र रहेको र यसका सम्भाव्यता उजागर गर्दै लाभ लिन अब बन्ने संघीय पर्यटन ऐन सहयोगी हुने बताए ।  

परिसंघका महानिर्देशक दीपकराज जोशीले विश्वका दुई ठूला अर्थतन्त्र भएका भारत र चीनको बीचमा अवस्थित नेपालको भौगोलिक संरचनाले राष्ट्रिय अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने प्रचुर सम्भावना रहेको एक महत्वपूर्ण क्षेत्र पर्यटनलाई सरकार तथा निजी क्षेत्रको सहकार्य बढाउँदै लैजानुपर्ने बताए ।

त्यसका साथै पर्यटकीय आर्कषणका लागि नेपालको प्रचुर एवं अलौकिक प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक स्रोतलाई दिगो आर्थिक आयआर्जनको माध्यमको रूपमा परिर्वतन गर्दै पर्यटनलाई रोजगारी सिर्जना र आर्थिक विकासका लागि सदुपयोग हुनसक्ने गरी संघीय पर्यटन ऐन ल्याउन सुझाव दिइएको जोशीले बताए ।  

परिसंघले संघीय पर्यटन ऐन कस्तो हुनुपर्छ भन्ने विषयमा १० वटा विषयहरूलाई आधार बनाइ यसको संरचना, ऐनले लिनुपर्ने उद्देश्य तथा ऐनको प्रस्तावनामा समेत सुझाव दिएको छ । संघीय पर्यटन ऐनले पर्यटन क्षेत्रलाई वृहत्त रूपमा समेटी यसको क्षेत्र एवं दायरा निश्चित गर्न पर्यटकीय गतिविधि, सेवा, व्यवसाय तथा गन्तव्यस्थलको परिभाषाका लागि समेत सुझाव दिएको छ ।

समग्र आर्थिक विकासका लागि रोजगारी सिर्जनामा योगदान बढाई आय आर्जनको महत्वपूर्ण एवं दीगो स्रोतको रूपमा पर्यटन उद्योग विकास गर्न सहजीकरण गर्ने गरी ऐन बनाउनुपर्ने सुझाव परिसंघको छ ।

यस्तै, पर्यटन गतिविधि विस्तारको तीव्रताबाट गरिबी निवारणमा टेवा दिन सार्वजनिक निजी साझेदारीको आवधारणा अवलम्बन गर्न, पर्यटकलाई गुणस्तरीय सेवा तथा सुरक्षा एवं व्यवसायीलाई लगानी सुरक्षाको प्रत्याभूति दिन सुझाव दिए ।

त्यस्तै, गुणस्तरीय पर्यटन विकासका लागि आवश्यक पूर्वाधार विकास एवं आवश्यक नियामकीय व्यवस्थामार्फत व्यवसाय तथा व्यवसायीहरूलाई दीगो विकासका लागि सहजीकरण गर्ने गरी ऐन तर्जुमा गर्न परिसंघले सुझाव दिएको छ ।

परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले अब बन्ने संघीय पर्यटन ऐनमा निजी क्षेत्रको तर्फबाट परिसंघले प्रस्तुत गरेको सुझाव ऐनमा समेटिने विश्वास व्यक्त गरिन् ।  

परिसंघको सुझाव ग्रहण गर्दै मन्त्री किरातीले संघीय पर्यटन ऐन ल्याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको भन्दै सुझावका लागि धन्यवाद दिए । उनले संसद् सुरु हुने बित्तिकै संसद्मा संघीय पर्यटन ऐनको विधेयक दर्ता गर्ने गरी काम गरिरहेको बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro