site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लूएचओद्वारा स्वीकार

नयाँदिल्ली । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले सन् २०१५ देखि लागु भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार बताएको छ ।

“भारतको प्रयासका कारण सन् २०२२ मा (सन् २०१५ देखि) क्षयरोगको घटनामा १६ प्रतिशत कमी आएको छ, यो वैश्विक क्षयरोगका घटनामा भएको गिरावट (आठ दशमलव सात प्रतिशत) भन्दा करिब दुई गुणा हो । यस अवधिमा भारत र वैश्विकस्तरमा क्षयरोगबाट हुने मृत्युदर पनि १८ प्रतिशतले घटेको छ,” मन्त्रालयले भनेको छ, “डब्लूएचओले सन् २०२१ मा चार लाख ९४ हजारबाट सन् २०२२ मा तीन लाख ३१ हजारमा क्षयरोगको मृत्युदरलाई ३४ प्रतिशतभन्दा बढीले घटाएर संशोधन गरेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डब्लूएचओले मङ्गलबार आफ्नो ग्लोबल क्षयरोग रिपोर्ट २०२३ जारी गर्दै भारतमा क्षयरोगको मामिला पत्ता लगाउने सुधारमा ठूलो प्रगति गरेको बताएको छ ।

“अनुमानित क्षयरोग मामिलाको उपचार बढेर ८० प्रतिशत भएको छ, यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो,” मन्त्रालयले भनेको छ,    “भारतले राष्ट्रिय स्वास्थ्य मिसनको तत्वावधानमा लागु गरिएको राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रममा थप लगानी गरेर क्षयरोग उन्मूलन प्रयासहरूलाई प्राथमिकता दिनका लागि साहसिक कदम चालेको छ ।” रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्