site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दा बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

सो मुद्दामा चाँडो सुनुवाइ गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भए पनि काठमाडौं जिल्ला अदालतमा पटक–पटक पेसी स्थगित हुँदै आएको थियो ।

जिल्ला न्यायाधीश घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दा आज पाँचौँ नम्बरमा छ । गएको असोजमा सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ तीनपटक स्थगित भएको थियो । असोज १, ७ र २५ गते सुनुवाइ स्थगित भएको थियो । अदालत प्रशासनले तीनपटक नै न्यायाधीश अभावलाई कारणका रूपमा प्रस्तुत गरेको थियो ।

बलात्कार भएको हो/होइन भन्ने विवादको यो मुद्दामा सन्दीप पक्षले बालिकाको उमेरमा प्रश्न उठाउँदै जन्ममिति यकिन गर्न माग गर्दै आएको छ । सामान्यतः नागरिकतामा उल्लेख जन्ममिति मान्ने अभ्यास छ । तर, न्यायाधीशबाट पटक–पटक बालिकाको जन्ममिति यकिन गर्ने आदेश भएका छन् ।

साउन ३२ गते जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्ने आदेश दिएको थियो ।

त्यस बेला राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका सन्दीपविरुद्ध ०७९ भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro