site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पका ११ जना घाइतेको टिचिङ अस्पतालमा उपचार हुँदै, कस्तो छ अवस्था ?
फाइल तस्बिर।

काठमाडौं । जाजरकोट भूकम्पपछि उपचारका लागि काठमाडौं ल्याइएका ११ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुमध्ये रुकुमबाट ल्याइएका नौजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मंगलबार जाजरकोटबाट ल्याइएका दुईजनाको भने इमर्जेन्सीमा उपचार भइरहेको अस्पतालका निमित्त प्रशासन प्रमुख प्रमोद कुमार निरौलाले बताए । उनीहरुको अवस्था पनि खतरामुक्त छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपतिको हेलिकोप्टरमा मंगलबार काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकी महिलाको भने बुधबार डिस्चार्ज भएको निरौलाले बताए ।

रुकुमबाट २१ दिने शिशुसहित नौजनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । घाइतेहरुलाई शिक्षण अस्पतालले खाना र निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्