देश
काठमाडौं । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रूपैयाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।
भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।
भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले आजै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपैयाँ राशिको चेक हस्तान्तरण गरे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० २२:५०
प्रतिक्रिया दिनुहोस्