site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पोखरालाई फूलको चिन्ता छैन, मालाको मूल्य पोहरभन्दा आधाले सस्तो हुने !
Sarbottam CementSarbottam Cement

पोखरा । तिहार आउन अझै एक साता बाँकी छ । तर, सयपत्री ढकमक्क फुलिसके । अघिल्ला वर्षहरूमा पोखराले भनेजति सयपत्री पाउँदैनथ्यो, भारतबाट आयात गर्नुपर्थ्यो ।

तर, यसपटक पोखरासँग झन्डै एक लाख माला बनाउन पुग्ने फूल छ । पोखरा महानगरको आर्थिक विकास महाशाखा, कृषि विकास शाखा प्रमुख मनहर कडरियाले पुष्पखेती विस्तार भएको र पोखरालाई आवश्यक पर्ने फूल पोखरामै उत्पादन भइरहेको जानकारी दिए ।

“पोखरालाई ठ्याक्कै यति फूल चाहिन्छ भन्ने त छैन । तर, एक लाख माला बनाउन पुग्ने फूलको उत्पादन हामीसँग छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना नै प्रकाशन गरेर नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गर्‍यो । त्यसकारण यसपटक तिहारमा प्लास्टिकका फूलले प्रवेश नपाउने हुँदा पुष्प व्यवसायीहरूमा आफ्नो उत्पादनले बजार पाउने विश्वास छ ।

Flower-Sayapatri-1699020844.jpg

Global Ime bank

सरकारको यो निर्णयलाई टेकेर पोखरा महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरेको छ । महानगरको आर्थिक विकास महाशाखा, कृषि विकास शाखाले एक सूचना जारी गर्दै स्थानीय फूलको माला प्रयोग गर्न आग्रह गरेको छ ।

सूचनामा २०८० कात्तिक १ गतेदेखि आयातित सयपत्री माला बन्द गरेकाले उक्त निर्णयको प्रभावकारी कार्यान्वयन हुने जनाइएको छ । यसको अर्थ, यसपटकको तिहारमा पोखरामा सयपत्री मालाहरू पनि बाहिरबाट आउने छैनन् ।

कडरियाका अनुसार पोखरा महानगरपालिका क्षेत्रभित्र १६५ रोपनी क्षेत्रफलमा सयपत्रीको खेती गरिएको छ ।

“घरघरमा पनि फूलहरू छन् । गत साल चाहिँ पुगेन । अहिले चाडबाड केन्द्रित र मुख्य सिजन पनि हो । अर्को चाहिँ हामीले खेती विस्तार गरेका कारण पुग्छ भन्ने हाम्रो आँकलन हो,” कडरियाले भने ।

फूलखेती विस्ताराका लागि भनेर महानगरपालिकाले उन्नत जातको सयपत्री फूलको बिरुवा पनि कृषकहरूलाई वितरण गरेको छ ।

उनी भन्छन्, “हामीले कर्मा ५५५ भन्ने जातको फूल, जुन मालाका लागि एकदमै उपयुक्त पनि देखियो । हामीले कृषकहरूलाई १६५ रोपनी क्षेत्रफलको लागि बिउ दिएका हौँ ।”

महानगरपालिकाले यो उन्नत जातको बिउ थाइल्यान्डबाट ल्याएको हो ।

तर, तिहार अगावै फूल फुलिसकेका कारण ओइलाउने चिन्ता किसानमा छ । बारीमा कोदो रोप्न छाडेर सयपत्री फूल रोपेकी नमिता अधिकारीलाई तिहार अगाडि नै फूल सुक्ने हो कि भन्ने चिन्ता छ । गत साल उनले परीक्षणका लागि दुईवटा गरामा कोदो नरोपी सयपत्री रोपिन् । त्यसले लगानी पनि उठायो र थोरै नाफा पनि दियो ।

यसपटक भने ६ रोपनी बारीमा कोदो छैन, पहेँलपुर र मनमोहक सयपत्री फुलिरहेका छन् । “अहिले हामीले ६ रोपनी जग्गामा ९ हजार बेर्ना रोपेका छौँ । केही बेर्नाहरू मरे, केहीमा चाहिँ डढेलो लाग्यो, अरू चाहिँ एकदमै राम्रोसँग फुलिरहेको छ,” उनले भनिन् ।

एस्कोल कृषि फर्मका सञ्चालक, कर्णबहादुर पुनले पोखरा २६ मा १७ रोपनीमा सयपत्री रोपेका छन् । महानगरपालिकाले दिएको बिउलाई उनले एकनासले फुलाइरहेका छन् ।

“पहिला बेर्ना तयार गर्‍यौँ । त्यसपछि मूल हाँगालाई पिचिङ गरेर माटोमा गाडेर राख्यौँ । दुई हप्तापछि यसमा जरा आयो, अनि रोप्यौँ,” पुनले भने ।

उनले १७ रोपनीमा फूलखेती गरेका छन् । जहाँ दुईहजार सयपत्री फुलिरहेका छन् । उनको पनि चिन्ता तिहार ढिला आएकोमा छ ।

त्यसका लागि महानगरपालिकाले कोल्ड स्टोर्समा राख्ने प्रबन्ध गरेको महाशाखा प्रमुख कडरियाले बताए ।

“फूलहरू एकैपटक फुल्दैनन नि त । छिटो फक्रिसकेका फूलहरूलाई कोल्ड स्टोर्समा राख्ने, बाँकी फूलहरूको पनि वृत्तिविकास हुन्छ । अहिले तिहार ढिला परेको हुँदा फूलहरू छिटो फुलेका छन् । हामीले महानगरपालिका भित्रका वडाहरूमा रहेका किसान बजारमा कोल्ड स्टोर्सहरू छन् । त्यहीँ राख्न भनेका छौँ,” उनले भने ।

Marigold-Sayapatri-1699020850.jpg

७० दिनमै तयार हुने उन्नत जातको यो सयपत्री फूल कोल्डस्टोरमा हप्तौँसम्म केही नहुने, एकै बोटमा ७५ थुँगासम्म फुल्ने पाइएको उनको भनाइ छ ।

पोखरामै सयपत्रीको राम्रो उत्पादन भएका कारण प्लास्टिकका फूल र मालालाई निषेध गरिएको छ ।

"प्लास्टिकको माला त सरकारले प्रतिबन्धै लगाइसकेको छ । तर, बजारमा हामीले प्लास्टिकका फूलहरू देखिरहेका छौँ । जनताले सूचना नपाएर वा चेतना नपुगेर पनि होला । यो गैरकानुनी हो, हामीले निरन्तर बजार अनुगमन गर्छौं । वातावरणलाई असर पुग्ने चिजलाई हामीले हटाउँछौँ," कडरियाले भने । 

महाशाखाले पनि विज्ञप्तिमार्फत पोखराभित्रका स्थानीय पुष्प व्यवसायी तथा पोखरा महानगरपालिकाको सहयोगमा १६५ रोपनी क्षेत्रमा कृषकहरूलाई सयपत्री फूलखेती प्रबर्द्धन गरिएको जनाएको छ ।

Sayapatri-1699021000.jpg

स्थानीयहरूलाई आवश्यक पर्ने फूल महानगरभित्रका वार्डस्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखाबाट पाउन सकिने जनाइएको छ ।

फूलको उत्पादन बढेका कारण यसपटक सहज र सुलभ मूल्यमा पाइने आशामा पोखरेली छन् ।

फ्लोरिकल्चर एसोसियसन (फ्यान) कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले गत साल भन्दा झन्डै आधा मूल्यमा अहिले फूल पाइने बताउँछन् । उनका अनुसार तिहारमै पनि यसपटक स्थानीयले १५० देखि २०० रुपैयाँसम्ममा सयपत्रीको माला पाउने छन् । जुन गत वर्ष ५०० रुपैयाँमा बिक्री भएको थियो ।

पोखरा रंगशालामा शुक्रबारदेखि नै सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा गण्डकी प्रादेशिक पुष्प मेला पनि सुरु भएको छ । जहाँ करिब दुई सय प्रजातीका फूलहरू उपलब्ध छन् भने २० भन्दा बढी स्टल छन् ।

मेलाको मुख्य उद्दे श्य फूल प्रयोगप्रति सर्वसाधारणलाई आकर्षित गर्नु, स्वदेशी फूलको प्रयोगमा जोड दिनु र व्यापार बढाउँदै विदेश निर्यात गर्न सक्ने वातावरण बनाउनु रहेको एसोसियसनका अध्यक्ष गुरुङले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement