site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुद ब्याज आम्दानीसँगै एनएमबि बैंकको नाफामा वृद्धि
SkywellSkywell

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ९६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको तुलनामा ६.५३ प्रतिशतले बढी हो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको पहिलो त्रैमासमा बैंकको नाफा ९० करोड ४१ लाख रुपैयाँ थियो ।

तीन महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । बैंकले तीन महिनामा दुई अर्ब २२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो दुई अर्ब पाँच करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

KFC Island Ad
NIC Asia

बैंकले पहिलो त्रैमाससम्ममा एक अर्ब ३७ करोड रूपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा एक अर्ब २९ करोड रुपैयाँ थियो ।

बैंकले हालसम्म एक खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । दुई खर्ब एक अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

Royal Enfield Island Ad

बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ कायम छ । यो बैंकको जगेडा कोषमा नौ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ कायम छ । गत वर्षको पहिलो त्रैमासको अवधिमा जगेडा कोषमा ८ अर्ब ७१ करोड २५ लाख रुपैयाँ थियो ।

बैंकको खराब कर्जा पहिलो त्रैमासमा बढेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.८४ प्रतिशत छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.९० प्रतिशत थियो । बैंकको आधार दर (बेसरेट) ९.८५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा बेसरेट १०.१५ प्रतिशत थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro