site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कलंकीको होटेलमा तास खेलिरहेका आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित एक होटेलमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई काठमाडौंको बल्खुमा डेरा गरी बस्दै आएका ४४ वर्षीय झविन्द्र सापकोटा छन् ।

सापकोटाको दृश्या होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित आठजनालाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद चार लाख १२ हजार रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उता, कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ३१ वर्षीय कमल बडायकसहित १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

नगद एक लाख एक हजार ३६५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकका ३७ वर्षीय सुशीलकुमार काफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

नगद एक लाख ५१ हजार २२५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro