खेल
काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका गुल्सन झाले पहिलो विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याइरहेको यूएईका कप्तान मुहम्मद वसिमलाई गुल्सनले बोल्ड आउट गरे ।
आक्रामक रुपमा प्रस्तुत भएका वसिमले २२ बलमा सात चौका र दुई छक्कासहित ४५ रन बनाए ।
जारी खेलको सात ओभर समाप्त हुँदा यूएईले एक विकेट गुमाएर ७२ रन बनाएको छ ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १३:४५
प्रतिक्रिया दिनुहोस्