site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजामा आक्रमण गर्न तयार छौँ : आईडीएफ प्रमुख
Sarbottam CementSarbottam Cement

तेल अभिभ । इजरायल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथ सेना गाजामाथि आक्रमणका निम्ति तयार रहेको घोषणा गरेको दी जेरुसेलम पोस्टले जनाएको छ ।

इजरायलको दक्षिणी सीमामा पत्रकारलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भने, “हामी आक्रमणका लागि तयार छौँ भन्नेबारेमा म स्पष्ट हुन चाहन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटीक समय’मा निर्णय लिने प्रक्रियामा रहेको बताए ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि हमला गरेपछि गाजामा जवाफी आक्रमणमा गरिएको ढिलाइबारे उनले भने, “यो चरणमा सामरिक र रणनीतिक कारक छन् । हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका निम्ति धेरै समय प्राप्त हुन्छ ।” उनका अनुसार प्रत्येक मिनेट गुज्रँदा दुश्मनमाथि अझ धेरै हमला भइरहेको छ ।

Global Ime bank

“अर्को पक्षमा प्रत्येक मिनेट खेर जाँदा हामी शत्रुमाथि धेरै हमला गरिरहेका छौँ, उसका लडाकुलाई मारिरहेका छौँ । उसका कमान्डरहरूलाई मारिरहेका छौँ । उसको पूर्वाधारलाई नष्ट गरिरहेका छौँ र अर्को कदमका लागि धेरै जासुसी जानकारी बटुलिरहेका छौँ,” उनले भने, “हामीले उनीहरू (हमास)लाई तनावमा राखेका छौँ ।” रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय