site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
युट्युबले ल्यायो ‘यु’ट्याब र भिडियो ‘लक’ गर्न सकिने फिचर

काठमाडौं । युट्युबले आफ्नो मोबाइल एपमा विभिन्न नयाँ फिचरहरु थप्दै आइरहेको छ । यसबीच भिडियो सेयरिङ प्लेटफर्मले पहिलेको अकाउन्ट र लाइब्रेरी ट्याबलाई एक बनाउँदै ‘यु’ट्याब ल्याएको छ ।

पछिल्लो ब्लग पोष्टमा युट्युबले नयाँ ट्याबले सबै कुरा एकै ठाउँमा फेला पार्न सहज बनाएको बताएको छ ।

युट्युबले लाइक र सब्सक्राइबको बटनमा पनि परिवर्तन ल्याउँदै चम्किने र एनिमेट हुने बनाएको छ ।

युट्युबले मोबाइल र ट्याबेलटका लागि युट्युबमा भिडियो हेरिरहेको बेला त्यसलाई ल्यान्डस्केप मोडमा अथवा फुल स्क्रिन बनाएर हेर्दा लक गर्न सकिने फिचर पनि ल्याएको छ ।

फुल स्क्रिनमा भिडियो हेर्न थालेपछि माथि रहेको सेटिङको आइकनमा क्लिक गरेर त्यहाँ लक स्क्रिनको अप्सन देख्न सकिन्छ । त्यहाँ क्लिक गरेपछि भिडियो लक हुन्छ र अरु भिडियो चल्ने वा अघिपछि बढ्ने छैन ।

ट्याप टु अनलकमा क्लिक गरिसकेपछि मात्रै भिडियोको लक हट्नेछ । लक स्क्रिनमा आवाज घटाउने बढाउन बटन चल्ने नै छन भने ओभरभ्यु फक्सनले पनि काम गर्नेछ । यी बाहेक स्क्रिनमा लामो टच गर्दा भिडियो स्पिडअप हुने, गुनगुनाएकै भरमा गीत सर्च हुने र परस्कृत भिडियो प्लेइङ जस्ता सुविधा युट्युबले थप गरेको छ ।

युट्युब एप खोल्दा पहिले एन्ड्रोइड टीभीमा मात्र देखिने एनिमेसन अहिले मोबाइल एपमा पनि देखिन थालेको छ । यी नयाँ फिचरहरु युट्युबको पछिल्लो अपडेटेड एपमा उपलब्ध हुनेछन् । इन्डियन एक्सप्रेसडटकमबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro