site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानी सीमानजिक इजरायलले खाली गरायो थप १४ बस्ती
फाइल तस्बिर।

जेरुसेलम । इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतबार घोषणा गरेको छ ।

इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ । ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम (गाउँहरू) लगायतका छन् ।

शुक्रबार रक्षा मन्त्रालयले उत्तरी इजरायली सहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमा नजिकै २२ हजार जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको हो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलका सहर र सैन्य चौकीमा हमासले आक्रमण गरेको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकु समूहसित इजरायलको लडाइँ बढाएको छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro