site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुलुकको विकास तथा न्यायपूर्ण समाज बनाउन चाडपर्व महत्त्वपूर्ण आधार : प्रधानन्यायाधीश
SkywellSkywell

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मुलुकको विकास तथा न्यायपूर्ण समाज बनाउन चाडपर्वबाट महत्त्वपूर्ण आधार प्राप्त हुने बताएका छन् । दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना दिँदै उनले चारडपर्वले न्यायपूर्ण समाजको भावना विकास गर्ने बताए ।

सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका यी चाडपर्वहरूमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाको लागिसमेत महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गर्दछु,” उनले सन्देशमा भनेका छन् ।

KFC Island Ad
NIC Asia

उनले २०८० सालको विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका चाडपर्वहरूको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

“सत्य, प्रकृति, सदाचार र शक्तिको प्रतीकका रूपमा रहेका यी चाडपर्वहरूले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताहरूको सामना गर्ने सामर्थ्य प्रदान गर्ने छन् भन्ने मङ्गल कामनासहित २०८० सालको विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्वहरूको यहाँहरू सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु,” उनले भनेका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro