site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आक्रमणको धम्कीपछि खाली गरिए फ्रान्सका ६ विमानस्थल
SkywellSkywell

काठमाडौं । आक्रमणको ‘धम्की’सहितको इमेल प्राप्त भएपछि फ्रान्सका ६ वटा विमानस्थल बुधबार खाली गरिएका छन् । उत्तरी फ्रान्सको लिले एयरपोर्टले बमको खतराको कारणले सुरक्षाको कदम चाल्दै विमानस्थल खाली गरिएको बताएको छ ।

दक्षिणी सहर टुलुसको एयरपोर्टले पनि बमको धम्कीका कारण खाली गरिएको र केही समय उडान रोकिएको बताएको छ । सुरक्षाकै कारण पेरिसबाहिर नान्टेस र ब्यूवेस सहरका विमानस्थल पनि खाली गरिएको बताइएको छ ।

KFC Island Ad
NIC Asia

यस्तै, पूर्वी फ्रान्सको लियोन ब्रोन एयरपोर्ट र दक्षिणी सहर नाइसको एयरपोर्ट पनि खाली गराइएको र पछि फेरि सञ्चालनमा आइसकेको बताइएको छ ।

यसैबीच पेरिस नजिकैको भर्साइलको दरबारबाट समेत त्यहाँ आएका अवलोकनकर्ताहरुलाई खाली गरिएको बताइएको छ । यो दरबारमा एक हप्ताभन्दा कम समयमा तेस्रोपटक खाली गरिएको हो ।

Royal Enfield Island Ad

गत हप्ता उत्तरी सहर अरासको एक विद्यालयमा चक्कु प्रहारको घटनापछि फ्रान्सले आफ्नो सुरक्षा सतर्कतालाई उच्च स्तरमा पुर्‍यायोएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro