site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णाली याक्सले 'ट्यालेन्ट हन्ट'बाट छान्यो पाँच उदीयमान खेलाडी 

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदीयमान खेलाडी छनोट गरेको छ ।

मंगलबार कर्णाली याक्सले सुर्खेतको वीरेन्द्रनगरमा भएको छनोट प्रतियोगिताबाट छानिएका पाँचजना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ । 

कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट मनिष थापा, निश्चल रावल, विपीनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको छ । उनीहरूले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एकजनाले एनपीएलमा कर्णाली यास्कको प्रतिनिधित्व गर्न पाउने छन् । अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने गर्नेछ ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो ।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन् । त्यस्तै, वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ ।

टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै, टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro