site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
होटेलमा महिलाको घाँटी रेटेर हत्या, शंकास्पद एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

त्रिवेणी (रुकुम पश्चिम) । रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, खलंगास्थित सत्कार होटेलमा महिला मृत फेला परेको घटनामा शंकास्पद एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शंकास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए ।

मुसिकोट नगरपालिकाका–७, साँखकी २८ वर्षीया भावना विक खलंगाको सत्कार होटेलको कोठा नम्बर १ मा मंगलबार बिहान मृत फेला परेकी थिइन् । 

मृत फेला परेपछि साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शंकास्पद एक व्यक्ति पक्राउ गरिएको प्रहरीले जानकारी दिए । 

मृतक महिलाको घाँटी रेटेर हत्या गरिएको भट्टराईले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro