site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कात्तिकमा चार वाणिज्य बैंकको ब्याजदर स्थिर, एनएमबि र एसबिआईले बढाए (सूचीसहित)

काठमाडौं । हाल सञ्चालित २० वाणिज्य बैंकमध्ये अधिकांशले कात्तिकका निम्ति ब्याजदर घटाएका छन् । वाणिज्य बैंकले कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिने भएका हुन् । असोजमा व्यक्तिगत मुद्दती खातामा ११.३६ प्रतिशतसम्म ब्याज दिएका थिए ।

कात्तिकमा ब्याजदर बढाएका एनएमबि र नेपाल एसबिआई बैंकले पनि ११ प्रतिशतसम्म ब्याज दिने भएका छन् । यी दुई बैंकले असोजमा व्यक्तिगत मुद्दतीमा १० प्रतिशतभन्दा कम ब्याज दिएका थिए ।

वाणिज्य बैंकले असोजको तुलनामा कात्तिकमा मुद्दती निक्षेपमा औसत ०.२९९ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । असोजमा वाणिज्य बैंकले औसत १०.२६ प्रतिशत ब्याज दिएका थिए । कात्तिकमा २० वाणिज्य बैंकको औसत ब्याजदर ९.९६ प्रतिशत छ ।

कात्तिकमा चार बैंकको ब्याजदर भने स्थिर छ । ब्याजदर स्थिर राख्नेमा लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र सिद्धार्थ बैंक छन् । माछापुच्छ्रे र सिद्धार्थ बैंकले असोजमा पनि ब्याजदर स्थिर राखेका थिए । यी चार बैंकले असोजमा व्यक्तिगत मुद्दतीमा ९.९९ प्रतिशत ब्याज दिएका थिए । कात्तिकमा पनि सोही दरमा ब्याज दिने भएका हुन् ।

ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर घटाएका छन् । एनएमबि र नेपाल एसबिआई बैंकले भने बढाएका हुन् ।

कात्तिकमा सबैभन्दा बढी एनएमबि, एनआइसी एशिया र नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती खातामा अधिकतम ११ प्रतिशत ब्याज दिनेछन् । नेपाल बैंक, सानिमा, प्रभु, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत ब्याज दिनेछन् ।

Byajdar-1697516244.png

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro