site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगी संक्रमितको संख्या ४० हजारनजिक, १३ दिनमा ६ हजार बढी थपिए

काठमाडौं । नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक पुगेको छ । 

इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भएका छन् । 

अक्टोबरका १३ दिनमा मात्रै ६ हजार ९१ संक्रमित थपिएका छन् । डेंगीबाट जुलाइयता २० जनाको मृत्यु भएको पुष्टि भएको छ । 

इडीसीडीका अनुसार सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९७१ जना संक्रमित भएका छन् । त्यस्तै, गण्डकीमा सात हजार ८५३, वाग्मतीमा चार हजार ९७०, सुदूरपश्चिममा एक हजार १४२, लुम्बिनीमा ६९३ तथा मधेसमा ५९२ जना संक्रमित भएका छन् । 

सबैभन्दा कम कर्णाली प्रदेशका १३९ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । 

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३८० जना संक्रमित भएको इडीसीडीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro