site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘प्यालेस्टाइनीले गाजा छाड्न थाले’ (तस्बिरहरू)

तेल अभिभ । इजरायली प्रतिरक्षा फौज (आईडीएफ)का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजापट्टीका नागरिकले आफ्नो सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको बताएका छन् । उनका अनुसार प्यालेस्टाइनी नागरिक उल्लेखनीय रूपमा दक्षिणतिर जान थालेका छन् ।

“हामीले प्यालेस्टाइनी नागरिक उल्लेखनीय रूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले सुनिरहेको देखेका छौँ । उनीहरूले चलाखीपूर्वक काम गरिरहेका छन्, खतरनाक क्षेत्रबाट बाहिर निस्किरहेका छन् र उनीहरूको परिवारका लागि यो सही हो भन्ने बुझेका छन्,” उनले भने ।

i3-1697289529.jpg

Dabur Nepal
NIC Asia

शुक्रबार इजरायली सेनाले गाजा सहरबाट बाहिर निस्कन सर्वसाधारणलाई आह्वान गरेको थियो । आईडीएफले युद्धमा सर्वसाधारण प्रभावित नहोऊन् भन्ने चाहना व्यक्त गरेको थियो । आईडीएफले हमास र उसका सैन्य पूर्वाधारमा हमला गर्न गइरहेको जनाएको थियो ।

“हामीले हाम्रो मनसाय पहिले नै बतायौँ, किनकि यसमा कुनै सैन्य तर्क थिएन । तर, यद्धबाट सर्वसाधारण प्रभावित हुनु नपरोस् भन्ने हामी चाहन्छौँ,” उनले भने, “हामीले युद्धमा सर्वसाधारणलाई त्यहाँ समावेश गरेका छैनौँ र तिनीहरू हाम्रा शत्रु होइनन् । हामी कुनै पनि सर्वसाधारणलाई मार्ने वा घाइते बनाउने प्रयास गरिरहेका छैनौँ । हामी हमास र उसका सैन्य पूर्वाधारसँग लडिरहेका छौँ, जहाँ हामीले गाजापट्टी र गाजापट्टीका उत्तरी भागलाई लक्षित गरेका थियौँ ।”

g8-1697289526.jpg

लेफ्टिनेन्ट कर्णेल कनरिकसले उत्तरी गाजाबाट प्यालेस्टाइनीलाई बाहिर जानबाट रोक्न हमासले प्रयास गरिरहेको बताए । “अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्देश र चेकपोइन्टका माध्यमबाट हमासले प्यालेस्टाइनी नागरिकलाई उक्त क्षेत्र खाली गर्नबाट रोक्ने प्रयास गरिरहेको छ । मलाई लाग्छ, यो शंकास्पद छ ।”

आफ्नै सुरक्षाका लागि प्यालेस्टाइनीले चाँडोभन्दा चाँडो उक्त क्षेत्र खाली गर्ने उनले आशा व्यक्त गरे । रासस/एएनआई

gaja3-1697289528.jpg

i1-1697289528.jpg

i2-1697289528.jpg

g11-1697289527.jpg

gaja-1697289527.jpg

gaja2-1697289527.jpg

g7-1697289526.jpg

g9-1697289526.jpg

g4-1697289525.jpg

g5-1697289525.jpg

g6-1697289525.jpg

g1-1697289524.jpg

g2-1697289524.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro