site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मन्थली–लुक्ला उडान पाँच दिनपछि पुनः सुरु

काठमाडौं । रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लामा पुनः उडान सुरु गरिएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनसम्म निरन्तर मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।

बिहीबार बिहानदेखि उडान सुरु गरिएको हो । योसँगै रामेछापमा अलपत्र परेका पर्यटक लुक्ला हुँदै आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । उडान सुरु भएसँगै पर्यटक खुसी भएका जनाइएको छ ।

पर्यटकीय चापका बेला सामान्य अवस्थामा लुक्ला विमानस्थलमा दैनिक ४० भन्दा बढी उडान/अवतरण हुने गरेको छ । आज यती एयरलाइन्सले लुक्ला विमानस्थलमा १५ उडान/अवतरण गर्ने तालिका रहेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

“पाँच दिनदेखि मौसममा सुधार नहुँदा उडान ठप्प भएको थियो । पर्यटकहरू फाप्लुको उडानमार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए । केही हेलिकोप्टरमार्फत उडान गरी गन्तव्यतर्फ लागेका थिए । आज मौसम खुलेसँगै उडान सहज भएको छ,” यती एयरका प्रवक्ता बर्ताैलाले भने, “हाम्रो जहाज तथा जनशक्ति सबै मन्थली विमानस्थलमै थिए, आज बिहानैदेखि उडानहरू सुचारु भइइरहेका छन् ।”

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro