site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
'टाइटानिक'नजिक बेपत्ता भएको पनडुब्बीको भग्नावशेष एट्लान्टिक सागरमा भेटियो

काठमाडौं । गत असारमा बेपत्ता भएको एक पनडुब्बीको भग्नावशेष र अनुमानित मानवीय अवशेष फेला परेको अमेरिकी तटीय सैन्य बल (कोस्ट गार्ड)ले बताएको छ ।

गत जुनमा पाँचजना यात्रु बाकेको टाइटन पनडुब्बीले टाइटानिक जहाजको भग्नावशेष रहे नजिकैबाट डुबुल्की हानेको थियो ।

त्यसको केही घण्टापछि बेपत्ता भएको टाइटन पनडुब्बी विस्फोट भएको र पाँचैजनाको मृत्यु भएको बताइएको थियो ।

'टाइटानिक'नजिक बेपत्ता भएको पनडुब्बी विस्फोटको आशंका, पाँचैजनाको मृत्यु

अर्बपति व्यापारीसहितका पाँचजना सवार पनडुब्बी खोज्न अन्तर्राष्ट्रियन अभियान नै चलेको थियो । केही दिनपछि मात्रै पनडुब्बीको पहिलो भग्नावशेष फेला परेको थियो ।

तटरक्षक अधिकारीले मंगलबार पनडुब्बीका थप टुक्राहरू गत हप्ता फेला पारेको र अमेरिकी बन्दरगाहमा लगिएको बताएका छन् । चिकित्सा अधिकारीले मानव अवशेषको विश्लेषण गर्ने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro