site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसक्यो, टीकाटिप्पणी गर्न उचित हुँदैन : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसकेकाले धेरै टीकाटिप्पणी गर्न उचित नहुने बताए । “पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसकेको छ । यसमा धेरै टीकाटिप्पणी गर्न उचित हुँदैन,” उनले भने ।

Argakhachi Cement Island Ad

उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साँच्चिनै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे । खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताए ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्