site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
'टाइटानिक'नजिक बेपत्ता भएको पनडुब्बी विस्फोटको आशंका, पाँचैजनाको मृत्यु

काठमाडौं । केही दिनअघि १८ जुनमा टाइटानिक जहाजको भग्नावशेषनजिकै बेपत्ता भएको पनडुब्बी विस्फोट भएको ठानिएको छ । उक्त पनडुब्बीमा सवार रहेका पाँचजनाको मृत्यु भइसकेको भन्दै अहिले श्रद्धाञ्जली व्यक्ति भइरहेको छ ।

अमेरिकी अधिकारीहरूले यसलाई 'विपत्तिपूर्ण विस्फोट' भनेका छन् । मृत्यु हुनेमा पनडुब्बीमा सवार रहेका ५८ वर्षीय हमिस हार्डिङ, ४८ वर्षीय शहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद, ७७ वर्षीय पल हेन्री नार्गोलेट र ६१ वर्षीय स्टकटन रश रहेका छन् ।

Dabur Nepal
NIC Asia

मृतकका परिवारले गहिरो शोक मनाउँदै खोज एवं उद्धारका लागि खटिएकाहरुप्रति सम्मान व्यक्त गरेका छन् ।

एक रोबोटिक पनडुब्बी जस्तै सवारीले बिहीबार टाइटानिकको भग्नावशेष रहेको ठाउँबाट करिब ४८० मिटरको दूरीमा समुद्रभित्र पनडुब्बीका ठूला टुक्राहरु फेला पारेको थियो ।

टाइटन पनडुब्बी आइतबार सम्पर्कविहीन भएको केही समयपछि अमेरिकी नौसेनाले सुरुमा विस्फोट जस्तै ध्वनीको तरंग सुनेको बताएको थियो । अन्य सुनिएका आवाजहरू यस क्षेत्रको आसपासमा रहेका अन्य पानीजहाजको हुन सक्ने ठानिएको छ ।

पनडुब्बी बेपत्ता भएपछि यस क्षेत्रको करिब २० हजार वर्गकिलोमिटर क्षेत्रमा पाँच दिनसम्म बहुराष्ट्रिय खोजी एवं उद्धार अभियान चलेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro