site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एउटै व्यक्तिमा एकसाथ मिर्गौला र कलेजो प्रत्यारोपण
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एकै व्यक्तिमा एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण गरेको छ । गएको सोमबार १०० जना जनशक्तिले १८ घण्टा लगाएर प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार चितवनकी ३४ वर्षीया महिलामा दुई अंग प्रत्यारोपण गरिएको हो । उनलाई आफ्नै ३५ वर्षीय श्रीमान्‌ले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी थिइन् । ती महिलामा जन्मजात प्राइमरी हाइपरअक्जलरिया टाइप १ नामक रोग थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

शल्यक्रियाका लागि वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आईसीयू क्रिटिकल केयर विशेषज्ञ, ब्लड बैंक, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसलिस्ट फिजिसियन्स एन्ड सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरू गरी १०० जनाभन्दा बढी प्राविधिक जनशक्ति परिचालन गरिएको अस्पतालले जनाएको छ ।

kist-1696935605.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement