site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनद्वारा पहिलोपटक लामो दुरीको क्षेप्यास्त्र प्रहार, पुटिनले दिएका थिए आणविक युद्धको चेतावनी

काठमाडौं । युक्रेनले पहिलोपटक अमेरिकाबाट प्राप्त लामो दुरीका क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रहार गरेको दाबी रुसले गरेको छ । न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार, रुसको रक्षा मन्त्रालयले युक्रेनले मंगलबार बिहान ब्रायनस्क क्षेत्रमा ६ वटा लामो दुरीको आर्मी ट्याक्टिकल मिसाइल प्रणाली (एटीएसीएमएस) मिसाइल प्रहार गरेको जनाएको छ ।

रुसले पाँचवटा मिसाइल खसालेको बताएको छ । रिपोर्टका अनुसार, युक्रेनी र अमेरिकी अधिकारीहरूले पनि रुसमाथि एटीएसीएमएस प्रयोग भएको पुष्टि गरेका छन् । अमेरिका र युक्रेन सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सेप्टेम्बरमा अमेरिकाले युक्रनलाई लामो दुरीको हतियार प्रयोग गर्न अनुमति दिए आणविक युद्ध थाल्ने चेतावनी दिएका थिए ।

एटीएसीएमएस एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो । जसले ३०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ ।

दुई दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रुसभित्र लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिएका थिए ।

रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro