site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् विधेयकमा एमालेको आशंका– कतैबाट प्रेरित बन्न पुग्यो कि !

काठमाडौं । नेकपा (एमाले)का सांसद गोर्कण विष्टले सरकारले संसद्‌मा प्रस्तुत गरेको विद्युत् विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विद्युत् विधेयकबारेको छलफलमा भाग लिँदै उनले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको टिप्पणी गरे ।

उनले कुनै समयमा गरिएको सम्झौता र सर्तहरूलाई प्राथमिकतामा राखेर विधेयकको ड्राफ्ट गरिएको आरोप लगाए । 

"एकातिर प्रतिष्पर्धाको कुरा गरिएको छ । अर्कोतिर सोझै सम्झौतामार्फत पाँच मेगावाट विद्युत्‌सम्म दिन सकिने गरी प्रावधान पनि राखिएको छ । यसले कुनै न कुनै हिसाबले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखिएको छ । यस्ता अनेकन विषयमा प्रस्टता हुन जरुरी छ । २०६५ सालमा पनि पर्याप्त प्रावधानहरूसहित यो विधेयक संसद्‌मा प्रस्तुत गरिएको थियो । त्यसपछि पनि विभिन्न महत्त्वपूर्ण विषयहरूलाई समेटेर संसद्‌मा प्रस्तुत गरिएको थियो । ती यावत् विषयहरूलाई यो ऐनले आँखा चिम्लेको छ, वा बेवास्ता गरेको छ," उनले भने । 

उनले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताए ।

गएको बिहीबार (असोज १८ गते) प्रतिनिधिसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक पेस गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro