site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हमासविरुद्ध इजरायलको जवाफी आक्रमण, गाजाका बासिन्दालाई घर छोडेर भाग्न आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । इजरायली सेनाले हमासविरुद्ध प्रतीकारात्मक हमला गर्ने क्रममा त्यस आसपासका बासिन्दालाई घर छोड्न आग्रह गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनी लडाकुले ‘कालो दिन’ हुने भन्दै ‘शक्तिशाली बदला’ वाचा गरेका छन् ।

शनिबार प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा दसकौँ यताकै ठूला आक्रमण गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आक्रमणमा २५० जनाभन्दा बढी इजरायली नागरिक मारिएका छन् भने, सयौँको संख्यामा घाइते भएको र धेरैलाई बन्धक बनाइएको बताइएको छ ।

हमासको आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हवाई हमला सुरु गरेको र सो क्रममा २३० भन्दा बढी व्यक्तिको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

Global Ime bank

इजरायली वायुसेनाले गाजा पट्टीमा हमासको सैन्य सुविधा रहेको ठानिएका भवनहरूमा पनि आक्रमण गरेको छ ।

इजरायलका लडाकु विमानले हमासको ‘अपरेसनल इन्फ्रास्ट्रक्चर’मा आक्रमण गरिरहेको बताइएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रलाई ‘उजाड टापु’ मा परिणत गर्ने भनेका छन् । यसले गाजामा ठूलो आक्रमण हुने सम्भवतः भूमिसमेत कब्जा हुनसक्ने आँकलन गरिएको छ ।

हमास प्यालेस्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी लडाकु एवं राष्ट्रवादी संगठन हो । सन् १९८७ मा इजरायली विरुद्धको विद्रोहको क्रममा यसको स्थापना भएको थियो ।

क्यानडा, युरोपेली युनियन, इजरायल, जापान, अष्ट्रेलिया, बेलायत र अमेरिकाले हमासलाई आतंकवादी संगठन घोषणा गरेका छन् ।

हमास प्यालेस्टाइनमा इस्लामिक राज्य स्थापना गर्न खोजिरहेको छ ।

यसले इजरायली नागरिक र सैनिकमाथि आत्मघाती बम विष्फोट, रकेट आक्रमण र सीमापार आक्रमण गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement