site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गैरकानुनी सम्पत्ति आर्जन गर्ने अहेवविरुद्ध भ्रष्टाचार मुद्दा, ९० लाख बिगो दाबी 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको चापाकोट नगरकार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी आर्जन गरेको आरोप लगाउँदै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

दायर गरिएको मुद्दामा उनीसँग अख्तियारले ९० लाख ३९ हजार ६२० रुपैयाँ बिगो दाबी गरेको छ । अख्तियारका अनुसार २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको अवधिमा कोइरालाले वैधानिक रूपमा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ आर्जन गरेको थिए ।
 
सोही अवधिमा कोइरालाले ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानका क्रममा पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro