site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले स्वास्थ्यकर्मीलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रह समेत गरे । वीर अस्पताललाई अझै विस्तार र सुविधासम्पन्न बनाउन सरकारले थप लगानी गर्ने उनले प्रतिबद्धता जनाए ।

नर्सिङ सेवाका समस्या समाधान गर्नेतिर सरकार दृढतापूर्वक अघि बढेको उनले उल्लेख गरे । संविधानमा व्यवस्था गरिएबमोजिम मौलिक हकको कार्यान्वयनका निम्ति आवश्यक कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका निम्ति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानजस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुनेमा जोड दिए ।

“जनतको उपचारमा कार्यरत चिकित्सकको पेसागत सुरक्षा, हित र वृद्धि विकासमा सरकार सचेत र गम्भीर छ । पछिल्लो समय बिरामीहरूको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणलाई सरकारले र सरकार प्रमुखको हैसियतले मैले गम्भीर रूपमा लिएको छु । यसबारेमा सरकारले स्वास्थ्यकर्मीहरूसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुसारको गृहकार्य गरिसकेको छ,” उनले भने, “स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको छ । स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन अपिल गर्दछु ।”

प्रधानमन्त्री प्रचण्डले हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको बताए । गरिब, विपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro