site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई बहिनीलाई सर्पले डस्यो, एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा सर्पले डस्दा एकजनाको मृत्यु भएको छ । सर्पले एकै परिवारका दुई दिदीबहिनीलाई टोकेको थियो ।

सर्पदंशका कारण एकजनाको अवस्था गम्भीर छ । जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो । 

गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा तीन वर्षीया रीतिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना नेत्रबहादुर रानाले जानकारी दिए ।  भैरहवा मेडिकल कलेजमा इशिकाको उपचार भइरहेको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro