देश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक असिस्टेन्ट सब–इन्जिनियरलाई पक्राउ गरेको छ ।
आयोगले काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
पन्तले भवन निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आशंकामा पक्राउ गरेको हो । आयोगको टंगालबाट खटेको टोलीेले पन्तलाई घुस रकमसहित सतुंङ्गलबाट पक्राउ परेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १४:५०
प्रतिक्रिया दिनुहोस्