site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक वाग्मती प्रदेशसभामा
Sarbottam CementSarbottam Cement

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल गरेका छन् । जसमा नेपाल र तामाङ भाषालाई सरकारी काकाजको भाषा बनाउन प्रस्ताव गरिएको छ ।

उक्त बैठकमा विशेष समय माग गरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेशसभामा केही दिनअघि बसेको बैठकमा विशेष र शून्य समयमा सदस्यहरूले उठाएको राष्ट्रिय सरोकारसँग सम्बन्धित प्रश्नहरूको आज उत्तर दिँदै प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनलाई सदुपयोग गरी सरकारको कार्य सम्पादनलाई इमान्दारीपूर्वक कार्यान्वय गर्दै आइरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारले यसै चालु आर्थिक वर्षभित्र कुनै पनि नयाँ सवारीसाधनको खरिद नगरिएको र सरकारलाई आर्थिक भार पर्ने खालको कुनै अनावश्यक कार्य नगरिएको पनि स्पष्ट पारे ।

मन्त्री लामाले आफ्नो पार्टीका तर्फबाट मन्त्री नियुक्त भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामा कुनै सुन काण्डमा संलग्न नरहेको र दोषी पाएमा कानुनबमोजिम सजाय भोग्नुपर्ने स्पष्ट पारे । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय