site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाग्मती पुलको खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शान्तिनगरको वाग्मती पुलनजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ ।

नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बा प्र०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकल पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका ४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाँचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता ढुङ्गेलले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय