site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
माल्दिभ्सविरुद्ध नेपाल १३८ रनले विजयी
फाइल तस्बिर ।

काठमाडौं । चीनको होङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाली टिमले माल्दिभ्सविरुद्ध १३८ रनको फराकिलो जित निकालेको छ ।

आइतबार चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै समेटियो ।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अविनाश बोहराले ६ विकेट लिए । घातक बलिङ गरेका अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिए । कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए ।

माल्दिभ्सका मुआभिएथ गानीले सर्वाधिक ३६ रन बनाए । राहिद रसामले १२ र फरिद सियुसले १० रनको योगदान गरे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१२ रन बनाएको थियो ।

कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित ५२ रन बनाए । कुशल मल्ले २० बलमा तीन चौका र दुई छक्कासहित अविजित ४७ रन जोडे । ओपनर कुशल भुर्तेल र सन्दीप जोराले समान ३५ रन थपे । विनोद भण्डारीले १३ रन बनाए ।

माल्दिभ्सका नजवान इस्माइलले तीन विकेट लिए । नासिर नैल इस्माइल, मोहम्मन मिउभान र थोलाल मोहम्मद रायाले समान एक विकेट लिए ।

नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro