site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लेखा समितिमा प्रस्ताव– निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको व्यापार गर्न दिएर मूल्य घटाऔँ

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा निजी क्षेत्रले पनि पेट्रोलियम पदार्थको आयात गरेर व्यापार गर्न पाउनुपर्ने माग उठेको छ ।

बुधबार समितिको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले प्रेट्रोलियम पदार्थ आयातमा नेपाल आयल निगमको एकाधिकारको विकल्प निजी क्षेत्र हुनुपर्ने धारणा राखे । 

Argakhachi Cement Island Ad

उनले नेपाल टेलिकमले पनि निजी क्षेत्रको एनसेलसँग प्रतिस्पर्धा गर्नुपरेपछि प्रतिमिनेट १५ रुपैयाँबाट घटेर एक रुपैयाँ शुल्कमा झरेको उदाहरण प्रस्तुत गरे । 

आयल निगम पनि प्रतिस्पर्धामा जानुपर्ने भन्दै उनले पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक ढंगले बढेको बताए । 

“यो क्षेत्रलार्य पनि निजी क्षेत्रलाई प्रवेश गर्न दिनुपर्छ,” उनले भने, “आयल निगम रहोस्, ठिक छ । तर, यसले पनि प्रतिस्पर्धात्मक बजारमा आउन पर्ला नि त । निजी क्षेत्रलाई प्रवेश गराए मूल्य वृद्धि घटाउन सहयोग पुग्ने थियो कि ?”

सांसद घिमिरेले बिमा संस्थाको लामो समयसम्म अडिट नभएको भन्दै यस्ता धेरै संस्थानहरूको स्पष्ट निर्देशन दिएर अडिट गर्न लगाउनुपर्ने उल्लेख गरे । 

“जहाँ जनताको पैसा छक्क, त्यो ठाउको अडिट नभएको आज बर्सौं भएछ । यो भन्दा दर्दनाक अवस्था के हुन्छ,” उनले भने । 

सबै सार्वजनिक संस्थाहरूको कन्तबिजोग भएको भन्दै उनले सरकार जमानी बसेर ऋण लिएर सार्वजनिक संस्थान चलाउन नहुने धारणा राखे ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्