site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी टप्पुमा पठाइए पुष्पा र अञ्जली
तस्बिर : नारायण अधिकारी/रासस ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुई गैँडा पुष्पा र अञ्जली आज कोसी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोसी पठाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ः३० बजे ती गैँडा खोरमा राखेर कोसी पठाइएको हो । गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा टोली कोसी गएको छ । वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोली समेत गैँडासँगै कोसी गएको छ । 

कोसीमा प्राविधिक समितिले गरेको अध्ययनमा बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो ।

Dabur Nepal
NIC Asia

सुरुमा यहाँबाट लगिएका गैँडालाई खुला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिनेछ । कोसीको पथरी सेक्टर कार्यालयनजिकै आरक्ष सुरक्षार्थ सेनाको पोस्टनजिक गैँडा राखिनेछ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिनेछ ।

केही वर्षअघि उक्त निकुञ्जमा १३ अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गएको वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुई गैँडा कोसी पठाइएको बताए ।

ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको छ ।

अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष ६ महिनाका छन् । ती गैँडा अहिले पनि मानवबस्तीमा आएर दुःख दिने गरेकाले पठाइएको होे ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६९४ गैँडा रहेको तथ्यांक छ । पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्यांकमा समावेश गरिएको छैन ।

पछिल्लो गणनाअनुसार देशभर ७५२ गैँडा रहेका छन् । हाल पठाइएका गैँडा हुर्किएपछि थप भाले पनि पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ ।

निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा समेत गैँडा पठाइएको थियो । यस निकुञ्जबाट सन् १९८६ देखि गैँडा स्थानान्तरण गर्न थालिएको हो । सुरुआतमा तीन भाले र एक पोथी गैँडा पठाइएको थियो । सोही वर्ष डिसेम्बरमा पाँच भाले र चार पोथी गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

उनका अनुसार सन् १९९१ मा २५, सन् १९९९ मा चार गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो ।

यस्तै, सन् २००० मा २० मध्ये १६ गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज र चारवटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइएको थियो । सन् २००१ मा पाँच, २००२ मा १०, २००३ मा १०, २०१६ मा पाँच गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो ।

यसैगरी, सन् २०१७ मा पाँच गैँडा शुक्लाफाँटा र तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । पठाइएका मध्ये ४५ भाले र ५५ पोथी गैँडा थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro