site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कोसी प्रदेशको नाम नै सुरक्षा चुनौती बन्यो’
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशको नाम नै सुरक्षा चुनौतीको रुपमा आएको दलका नेताहरुले बताएका छन् । प्रदेश राजधानी विराटनगरमा सोमबार आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताले नामकरणपछि कोसी प्रदेशमा सुरक्षा चुनौती थपिएको बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रदेश सभापति उद्धव थापाले कोसी नामकरणपछि पहिचानवादीको आन्दोलन सुरु भएको बताउँदै भने, “तर, पछिल्लो समय गौहत्याको विषय उठान गर्दै धार्मिक नाममा समेत आन्दोलन हुन थालेपछि थप समस्या सिर्जना भएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा (माओवादी केन्द्र) कोसी प्रदेशका सचिव गणेश उप्रेतीले कोसी प्रदेशको नाम नै सुरक्षा चुनौतीको रुपमा आएको बताए । उनले भने, “राजनीतिक दलका विरुद्ध र व्यवस्थाप्रति साम्प्रदायिक ढंगले अघि बढाउन खोजिएको छ । निगरानी राख्नुपर्छ । नामकरणको विषयमा संघ सरकार र प्रदेशले नयाँ ढंगले छलफल गरी समस्या समाधान गर्नेबारे प्रयास थालिनुपर्छ ।”

रास्वपाका राजेश तिम्सिनाले नाम आएपछि प्रदेशमा सुरक्षा चुनौती थपिएको बताउँदै भने, “सरकार अस्थिर छ । यही प्रदेशमा पहिचानको आन्दोलन उठेको छ । धार्मिक कुरा उठेका छन् । सरकार संवेदनशील बनेर समस्या समाधान गर्नेबारे सक्रिय हुनुपर्छ ।”

Global Ime bank

जसपाका प्रदेश संयोजक दिपक याख्खाले नामकरणपछि आन्दोलन सुरु भएको भन्दै दमन गरेर आन्दोलनकारीलाई धरपकड र थुनामा राखिएको बताए । “उत्पीडित जनताले उठाएको जायज माग पूरा गरिनुपर्छ,” उनले भने । वार्ता र संवादबाट नै समस्या समाधान गर्नेबारे सरकारलाई गम्भीर बन्न उनले आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश अध्यक्ष बलदेव चौधरीले बाँच्न पाउने अधिकार नै पहिलो अधिकार भएको भन्दै विधिको शासनमा प्रहार भए कोही सुरक्षित नहुने बताए ।‌

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement