site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी युवाले कसरी थाहा पाउँछन् समाचार ?

काठमाडौं । अमेरिकी युवाले कसरी समाचार कसरी थाहा पाउँछन् ? प्यू रिसर्च सेन्टरको हालैको एक अध्ययन अनुसार, अमेरिकी युवाको समाचार मुख्य स्रोत ‘सोसल मिडिया इन्फ्ल्युन्सर’ हुन् । र, अमेरिकाका अधिकांश ‘सोसल मिडिया इन्फ्ल्युन्सर’ कन्जरभेटिभ विचार राख्छन् ।

अमेरिकाका १८ देखि २९ वर्षका करिब ४० प्रतिशत युवाले ‘सोसल मिडिया इन्फ्ल्युन्सर’बाट नियमितरूपमा समाचार प्राप्त गर्छन् । समाचारका लागि ‘सोसल मिडिया इन्फ्ल्युन्सर’मा भर पर्ने युवामध्ये ६५ प्रतिशतले तिनै ‘सोसल मिडिया इन्फ्ल्युन्सर’बाट पाएका सूचना, जानकारीका आधारमा कुनै विषयमा आफ्नो धारणा बनाउने गर्छन् ।

प्यू अध्ययनले एकलाख भन्दा बढी फलोअर भएका ५०० लोकप्रिय ‘समाचार इन्फ्ल्युन्सर’को अध्ययन गरेको थियो । अध्ययनमा १० हजार ५६८ जना अमेरिकी युवालाई उनीहरू समाचार कहाँबाट पाउँछन् भनेर सोधिएको थियो । जवाफमा अधिकांशले ‘सोसल मिडिया इन्फ्ल्युन्सर’बाट समाचार पाउने गरेको सुनाए ।

यो सर्वेक्षण अमेरिकी राष्ट्रपति चुनावको समयमा जुलाईदेखि अगस्टको बिचमा भएको थियो । यस वर्षको चुनावमा ‘सोसल मिडिया इन्फ्ल्युन्सर’हरूले उमेदवारालाई मतदातासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । ‘समाचार इन्फ्ल्युन्सर’हरू युवा पुस्ताका लागि परम्परागत सञ्चार माध्यमको विकल्पका रूपमा उदाएका छन् ।  यस वर्षको राष्ट्रपति चुनावका बेला यी ‘इन्फ्ल्युन्सर’हरू साँच्चिकै प्रभावकारी रूपमा युवा मतदातासाँ पुगे ।

प्यू रिसर्च सेन्टरका वरिष्ठ सामाजिक वैज्ञानिक ग्यालेन स्टकिङ भन्छन्, "हामीले यी लोकप्रिय अकाउन्टको पछाडि को छ भनेर खोज्नु महत्त्वपूर्ण थियो । यी अकाउन्ट पछाडि समाचार संस्था होइन, व्यक्ति छन् ।"

अध्ययनमा सामेल २७ प्रतिशत इन्फ्ल्युन्सरहरू डोनाल्ड ट्रम्प वा उनको पार्टी रिपब्लिकनको समर्थनमा थिए । २१ प्रतिशत इन्फ्ल्युन्सरहरू डेमोक्र्याटको समर्थनमा थिए ।

फेसबुकमा केन्द्रित इन्फ्ल्युन्सरमध्ये रिपब्लिकनको समर्थनमा ३९ प्रतिशत थिए । इन्स्टाग्राममा भने ३० प्रतिशत थिए ।

रिपब्लिकनहरूले सामाजिक सञ्जालहरूले ‘कन्जरभेटिभ’ विचारलाई सेन्सर गर्ने गरेको ठान्थे । तर, यस अध्ययनले भने ठिक उल्टो देखाएको छ ।

‘समाचार इन्फ्ल्युन्सर’का रूपमा काम गर्नेहरूमध्ये ७७ प्रतिशले विगतमा वा वर्तमानमा कहिल्यै कुनै पनि समाचार संस्थामा काम गरेका छैनन् । कुनै न कुनै समाचार संस्थामा काम गरिसकेको ‘समाचार इन्फ्ल्युन्सर’ले भने आफ्नो राजनीतिक झुकाव, धारणा निकै कम राख्ने गरेको पाइयो ।

‘सोसल मिडिया इन्फ्ल्युन्सर’ले प्रशिक्षित पत्रकारभन्दा फरक तरिकाले तथ्य पेस गर्छन् । उनीहरू आफ्नो बुझाइका आधारमा घटना र विषयमाथि विचार प्रस्तुत गर्छन् । यसको विपरीत समाचार संस्थामा भने विचार र समाचारका लागि बेग्लै स्थान हुन्छ ।

यी ‘समाचार इन्फ्ल्युन्सर’मध्ये ६३ प्रतिशत पुरुष छन् । ३० प्रतिशत महिला छन् । युट्युब, फेसबुक, एक्स, इन्स्टाग्राम महिलाभन्दा पुरुष कयौँ गुणाले धेरै ‘समाचार इन्फ्ल्युन्सर’छन् ।

तर, टिटकटमा पुरुषकै हाराहारीमा महिला ‘समाचार इन्फ्ल्युन्सर’छन् । टिकटकमात्रै यस्तो प्लेटफर्म हो, जहाँ ‘कन्जरभेटिभ’ विचार राख्ने ‘इन्फ्ल्युन्सर’भन्दा उदार विचार राख्ने ‘इन्फ्ल्युन्सर’को संख्या धेरै छ ।

सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro