site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणेश चतुर्थी मनाइयो

काठमाडौं । भगवान् गणेशको पूजा–आराधना गरी मंगलबार गणेश चतुर्थी पर्व मनाइएको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइएको हो ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा सबैभन्दा पहिले पुज्ने गरिन्छ । मंगल चतुर्थी समेत भनिने यो पर्व यस वर्ष मंगलबार नै परेको हो ।

यसलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउने गर्छन् । यस वर्ष ऋषिपञ्चमी पर्व पनि मंगलबार नै मनाइयो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro