अर्थ व्यवसाय
काठमाडौं । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरणसहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्य लिएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा आएको छ ।
दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्रान्डको प्रवेश भएको थियो ।
यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपाल अधिराज्यभरि आफ्नो स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरु समक्ष पुर्याउने निर्णय केएफसीले गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० १७:२८
प्रतिक्रिया दिनुहोस्