site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्