site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यशोदा फुड्सको ब्रान्ड एम्बेसडरमा केकी अधिकारी

काठमाडौं । नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले ब्रान्ड एम्बेसडरको घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले उत्पादन गरेको करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्रान्ड एम्बेसडरमा अभिनेत्री केकी अधिकारीलाई चयन गरेको जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यशोदा फुड्स प्रा.लिले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको थियो । सुरुआती दिनमा लाली र करेन्ट ब्रान्ड्अन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुआत गरेको थियो । 

हाल कम्पनीले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरू उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकहरूमा निर्यात गर्दै आइरहेको छ ।

सुपर प्रिमियम सेगमेन्टअन्तर्गत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट टू एक्स स्पाइसी, करेन्ट हट एण्ड लेमन स्पाइसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ । प्रिमियम सेगमेन्टअन्तर्गत करेन्ट, लाली,  लगायतका चाउचाउहरू उत्पादनमा छन् । 

त्यसैगरी प्रिमियम स्न्याक्स सेगमेन्टअन्तर्गत करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाइसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ, करेन्ट मखना लगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाललगायत विदेशमा समेत निर्यात गरीरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्