site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कारको आरोपमा शिक्षक पक्राउ
प्रतीकात्मक तस्बिर ।

ताप्लेजुङ । ताप्लेजुङमा जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६, मेहेलेस्थित नीलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको बलात्कार गरेको आरोपमा सोही विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको महादेवा गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ ।

१३ वर्षीया छात्राको बलात्कार गरेको आरोपमा यही भदौ २८ गते साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उहाँका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro