site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ जना चालक ट्राफिकको कारबाहीमा 

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा यान्त्रिक अवस्था ठिक नभएका ९ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । शुक्रबार गरिएको विशेष चेकिङका क्रममा ८० भन्दा बढी सवारी साधन चेक गरिएको थियो ।

त्यसक्रममा ब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ९ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

सवारी साधन मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधनमात्र चलाउन ट्राफिक प्रहरीको आग्रह छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro