site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
SkywellSkywell

काठमाडौं । रोमाञ्चक खेलमा पाकिस्तानलाई डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार दुई विकेटले हराउँदै साविक विजेता श्रीलंका एसिया कप-२०२३ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताकाे उपाधिका लागि श्रीलंकाले अब आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिमले निर्धारित ४२ ओभरमा आठ विकेट गुमाएर २५२ रननै बनाएको थियो । वर्षाका कारण खेलको निर्धारित ओभर ४२ ओभरमा झारिएको थियो ।

श्रीलंकाको जितमा कुशल मेन्डिसले ९१ रन बनाए । कुशलले ८७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ७७-२ को अवस्थामा रहँदा कुशलले सदीरा समराविक्रमासँग तेस्रो विकेटका लागि १०० रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए ।

KFC Island Ad
NIC Asia

समराविक्रमाले ४८ रन बनाए । चरिथ असलन्काले अविजित ४९, पथुम निसन्काले २९ र कुशल परेराले १७ रन थपे ।

पाकिस्तानका इफ्तिखर अहमेदले तीन विकेट लिए ।  साहिनसाह अफ्रिदीले दुई र सदाब खानले एक विकेट लिए ।

Royal Enfield Island Ad

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर २५२ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले अविजित ८६ रन बनाएका थिए । रिजवानले ७३ बलमा ६ चौका र दुई छ्क्का प्रहार गरे । अब्दुल सफिकले ५२, इफ्तिखर अहमेदले ४८, कप्तान बाबर आजमले २९ र मोहम्मद नवाजले १२ रन जोडेका थिए ।

श्रीलंकाका मथिसा पथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले दुई विकेट लिँदा महीसा थिक्षणा र दुनिथ वेलालागेले समान एक विकेट लिए ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको श्रीलंका सुपर फोरको दोस्रो स्थानम रहँदै फाइनल प्रवेश गरेको हो ।

सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

यसअघि पहिलो खेलमा बंगलादेशलाई सात विकेटले हराएको पाकिस्तानले भारतसँग भने २२८ रनको हार बेहोरेको थियो ।

प्रतियोगितामा भारतले भने शीर्ष स्थानमा फाइनलमा स्थान बनाइसकेको छ । भारतले आज सुपर फोरको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro